जनताको सुरक्षामा कुनै सम्झौता हुँदैन: बादल - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जनताको सुरक्षामा कुनै सम्झौता हुँदैन: बादल



चितवन- गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।

कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री थापाले जनताको शान्ति-सुरक्षाका लागि सरकार दृढ रहेको बताए।

शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सकारात्मक रहेको भन्दै मन्त्री थापाले उद्योगको विकासबाट नै देशमा समृद्धि कायम हुने बताए। जनता स्वस्थ रहे नै देशले समृद्धि हासिल गर्ने भन्दै मन्त्री थापाले स्वास्थ्य केन्द्रहरूको स्तर वृद्धि गर्दै लैजानुपर्ने बताए।

नेपालमा स्तरीय स्वास्थ्य सेवा दिन सके उपचारका लागि विदेशी समेत आउन सक्ने भन्दै उनले उच्चस्तरको स्वास्थ्य सेवामा जोड दिनुपर्ने बताए। मन्त्री थापाले कालिका नगरपालिकामा २५ शय्याको अस्पताल स्थापनाका लागि पहल गर्ने समेत बताए।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले मन्त्री थापालाई २३ बुँदे माग प्रस्तुत गरेका थिए। यसअघि गृहमन्त्री थापाले खैरहनी नगरस्तरीय क्रिकेट प्रतियोगिताको खैरहनी गौचरनमा उद्घाटन गरे। (रासस)