जनताका लागि एक–दुई वर्ष होइन, पाँच वर्ष पनि अनशन बस्न तयार छु -डा.केसी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जनताका लागि एक–दुई वर्ष होइन, पाँच वर्ष पनि अनशन बस्न तयार छु -डा.केसी



काठमाडौं । अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीको बहस सर्वोच्च अदालतमा जारी छ । निवेदकको पक्षबाट अधिवक्ताहरु रमण श्रेष्ठ, प्रकाश केसी, माधव वस्नेत, श्याम खरेललगायत एक दर्जनले बहस गरेका छन् ।

विपक्षी डा. केसीको पक्षबाट उनी आफैंले पनि बहस गरेका छन् । आफूले तीन करोड नेपालीको पक्षमा बोलेको भन्दै केसीले न्यायालयको सधैं सम्मान गर्ने बताए । जनताका लागि एक–दुई वर्ष होइन, पाँच वर्ष पनि अनशन बस्न तयार रहेको उनले इजलाशसमक्ष बताए । केसीको पक्षबाट अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका छन् ।

भण्डारीले संविधानअनुसार दुईवटा कुरालाई अवहेलना मान्न सकिने बताए । एउटा, न्याय प्रशासनको अवरोध र अर्को अदालतको आदेश नमानेपछि । तर केसीले त्यस्तो केही नगरेको भन्दै उनको गिरफ्तारी नै गलत रहेको भण्डारीले बताए ।