पूर्वराजा भन्छन्: चर्का नारा घन्काएपनि जनताले सुख पाएनन् - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पूर्वराजा भन्छन्: चर्का नारा घन्काएपनि जनताले सुख पाएनन्



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले सुखको अनुभूति गर्न नपाएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । शाहले एक विज्ञप्ति जारी गर्दै परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले दु:ख पाएको बताएका छन् ।

उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन् ।

यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् । यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् ।

‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’, पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’