जनता बैंक नेपाल लिमिटेड टीकापुर शाखाबाट एटीएम शुरु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जनता बैंक नेपाल लिमिटेड टीकापुर शाखाबाट एटीएम शुरु



लोकेन्द्र रावल / टीकापुर ,कैलाली ।
जनता बैंक नेपाल लिमिटेड टीकापुर शाखा कार्यालयको एटीएमको शुक्रबार उद्घाटन भएको छ । जनता बैंकका डिपुटी चिफ अफ रिजनका मुकुन्द प्रसाद भट्टको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष परशुराम चपाई रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चपाईले एटीएमको उद्घाटन गर्दै व्यवसायलाई लगनी गर्ने बैंकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । उहाँले व्यवसायीहरुबाट डिपोजिट मात्र गरेर नाफा कमाउने उद्देश्यले मात्र शाखा खोल्ने बैंकहरुलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

चपाईले व्यासायीहरुलाई बजारमा कहिलेकाही आर्थिकमन्दी पनि भइरहने भएकोले चिन्ता नलिई व्यवसाय गरिरहन आग्रह गर्नुभएको छ । उहाँले व्यवसायहरुलाई सहयोग गर्ने बैंकलाई आफूबाट र उद्योग बाणिज्यसंघबाट हुने सहयोग गरिरहने बताउनुभयो ।

टीकापुरमा २०७४ साल चैत्र १५ गतेबाट संचालनमा आएको बैंकले १० महिनामा ऋण प्रवाह ४३ करोड गरेको छ भने बैंक निक्षेप १० करोड रहेको छ ।

जनता बैंक नेपाल लिमिटेड राष्ट्रिय स्तरको “क” वर्गको वाणिज्य बैंक हो । नेपालभर १२८ शाखाबाट बैंकले बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आन्तरिक राजश्व बिभागबाट स्विकृत प्राप्थ जनता अवकास कोष संचालनमा ल्याई विभिन्न सरकारी÷गैह्र सरकारी संस्था तथा निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गरी कर्मचारी संचय कोष, स्वेछिक अवकास कोष, उपदान कोष पब्लिक प्रोभिडेण्ड कोष र कर्मचारी कल्याणकारी कोष तथा पेन्सन कोषको व्यवस्थापन गरिरहेको छ ।

कोषमा आवद्ध कर्मचारीहरुलाई क्रिया खर्च तथा सुत्केरी खर्च वाफत एकमुष्ट रू. १० हजार रुपैया दिइने पनि गरेको छ । साथै कोषमा जम्मा गर्ने जम्मा कर्तालाई वार्षिक ८.५% ब्याजको अतिरिक्त कोषको मुनाफामा पनि सरिक गराइने गरिएको छ ।

घरमै बसेर रिचार्ज कार्ड, बिजुली, टेलिफोन, टि.भी. ईन्टरनेट, खानेपानी ,ईन्सुरेन्सको भुक्तानी तथा अन्य बैंकमा पैसा ट्रान्स्फर बैंकले गरिरहेको शाखा प्रबन्धक भण्डारीले जानकारी दिनुभयो ।

जनता बैंक नेपाल लिमिटेड टीकापुर शाखाका प्रबन्धक कमल भण्डारीको स्वागत मन्तव्यसंगै शुरुभएको कार्यक्रममा व्यावसायका तर्फबाट निर्माण व्यसायी संघ टीकापुरका अ्रध्यक्ष प्रेम रावल, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु भट्टराई, समाजसेवी श्याम खत्री लागयतले शुभ कामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संचालन न्यू आर.के. ट्रेडर्सका प्रोपराइटर गोपीराम जैशीले गर्नुभएको थियो ।