नेपाली जनसम्पर्क समिति युरोपको नाममा चरम शक्तिको दुरुपयोग। - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाली जनसम्पर्क समिति युरोपको नाममा चरम शक्तिको दुरुपयोग।



कर्ण अधिकारी।
नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिहरू चरम गुटबन्दिको जालोमा पर्दै गईरहेको छ।नेपाली काँग्रेस पार्टी भित्रको गुटबन्दीको असर भातृ सङ्गठनहरूमा पनि देखिनु दुखद कुरा हो।सन १९७६ जुन १३ का दिन भारतमा स्थापना भएको नेपाली जनसम्पर्क समिति आज सम्म आई पुग्दा विश्वका ३८ राष्ट्रमा स्थापना भई सकेको र आउँदा दिनमा अझै अन्य देशहरूमा पनि स्थापना हुने अवस्थामा छ।यसरी स्थापना हुनु पार्टीका लागि गौरवको विषय भए पनि जनसम्पर्क समिति भित्र चाहिँ बेला बेलामा पुरानो संस्थापन र नयाँ संस्थापन बिचको टकराब देखिनु दुर्भाग्य पूर्ण कुरा हो।

युरोप भित्र रहेका १४ वटा जनसम्पर्क समितिहरूलाई चुस्त र दुरुस्त गराउन र एकाधिकार लागु गर्ने भन्दै सन २००६ सालमा काँग्रेस नेतृ सुजाता कोइरालाको प्रमुख आतिथ्यमा दिल गुरुङको सभापतित्वमा नेपाली जनसम्पर्क समिति समन्वय युरोप गठन गरिएको भए पनि उक्त समिति पार्टीको विधान विपरीत रहेको भन्दै युरोप भित्रकै जनसम्पर्क समितिहरू विरोधमा उत्रिएका छन्।सन २००७ साल देखि सन २०१८ सम्म पनि तत्कालीन कोइराला गुटका रहेर काम गरेका र १२ औँ महाधिवेशन पश्चात् शेर बहादुर देउवा गुटमा रहँदै आएका दिल गुरुङ र गंगाधर गौतमले नै नेपाली जनसम्पर्क समिति समन्वय युरोपलाई आफ्नो पकडमा राखी रहेका छन् । ११ वर्ष सम्म पनि कार्य समिति परिवर्तन नहुनु दुर्भाग्यको कुरा हो।नेपाली काँग्रेसको केन्द्रीय कार्यालयबाट बैधानिकता नदिएको समन्वयले २१ जुलाई २०१८ मा सम्मेलन गर्ने भन्दै केन्द्रीय कार्यालयमा जानकारी गराएसँगै नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले शक्तिको दुरुपयोग गर्दै २१ जुलाई २०१८ मा हुन लागेको युरोप सम्मेलनका लागि पत्राचार गरे पश्चात् युरोपका ९ वटा भन्दा बढी जनसम्पर्क समितिका सभापतिहरू अवैधानिक संस्थाले बोलाएको भेलामा आफूहरू नजाने भन्दै उनीहरूले उपसभापति निधिलाई विवादमा नपर्न समेत आग्रह गरेका छन् ।

संयुक्त वक्तव्य निकाल्नेहरूमा जनसम्पर्क समितिका सभापति सीता सापकोटा बेल्जियम, शिखर खड्का जर्मनी, शुक्रराज न्यौपाने आयरल्यान्ड, इन्द्र शर्मा स्पेन, बालकृष्ण सापकोटा लक्जम्बर्ग, एलेनी सुवेदी पोल्यान्ड, श्याम सापकोटा स्विट्जरल्यान्ड, सीता अर्याल साइप्रस र राजन शर्मा चापागाईं इटलीका छन्।उक्त भेलालाई रोक्न र उपस्थिति नजनाई दिनका लागि पार्टी कार्यालय र युरोपमा रहेका जनसम्पर्क समितिहरूसँग समन्वय गरी सकेको छ।२१ जुलाईमा हुन लागेको कार्यक्रममा उपसभापति बिमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाउने योजना रहेको थियो तर विवाद बढ्दै गए पश्चात् उक्त युरोप सम्मेलन रोकिने भएको छ।

पोर्चुगलमा हुन लागेको नेपाली जनसम्पर्क समितिको अधिवेशनको पूर्ण रूपमा सदुपयोग गर्ने हिसाबले युरोप सम्मेलन तय गरिएको थियो।आयोजकहरू उक्त सम्मेलनबाट पुन नेपाली जनसम्पर्क समिति समन्वय युरोपलाई बिउताउने उदेश्यका साथ लागि परेका थिए।यसै विषयलाई लिएर नेपाली जनसम्पर्क समिति समन्वय युरोप गठन गर्नुको कुनै औचित्य नै छैन भन्छन् त्यस क्षेत्रमा रहँदै आउनु भएका काँग्रेसका बुद्धिजीवीहरू।नेपाली जनसम्पर्क समिति काँग्रेसको विदेश स्थित भातृ संस्था भएका कारण यो गैर आवासीय नेपाली सङ्घ जस्तो होइन र समन्वय पनि गर्नु नपर्ने हुनाले जुन देशमा स्थापना भएको छ त्यस देशका जनसम्पर्क समितिहरूले प्रत्यक्ष रूपमा केन्द्रसँग सहकार्य गर्न सक्ने छन्।

महाधिवेशनमा महा समिति सदस्य र महाधिवेशन प्रतिनिधि चयन गर्ने जिम्मा पनि त्यही देशका जनसम्पर्क समितिहरूलाई हुनेछ तर युरोपमा भने सबै जनसम्पर्क समितिहरू माथि लगाम लगाउनकै लागि जनसम्पर्क समिति समन्वय युरोप गठन हुँदा त्यस क्षेत्रका जनसम्पर्क समितिहरू आन्दोलित हुनु स्वभाबिकै हो।युरोपमा रहेका जनसम्पर्क समितिहरूका सभापतिहरू प्राय भेगीय र गुटको जालोमा रुमली रहेका छन्।कुन कुरा सही र कुन कुरा गलत भन्नु भन्दा पनि आफ्ना मान्छेले गरेका काम कार्बाहीहरू सबै ठिक भन्ने पक्षमा छन्।

बाध्यता भनौ वा बिबशताको कारण जन्म भूमि नेपाल छाडी कर्म भूमिमा कार्यरत रहँदा पनि आफ्नो बचेको समय पार्टीका हितका लागि दिने मनाशय बनाएर जनसम्पर्क समितिमा लागेका काँग्रेसहरूलाई यो गुट उपगुटको भूतले नराम्रोसंग सताई रहेको छ।नेपाली काँग्रेस पार्टी कार्यालयमा दर्ता भएका जनसम्पर्क समितिहरूको आआफ्नै विधान,लोगो र नीति नियम भएका कारण पनि बेला बेलामा समस्या सृजित भएको हो।यस विषयमा काँग्रेसको विदेश विभाग हेर्नेले के कसरी अगाडी बढ्ने भन्ने विषयमा गम्भीर भएर सोच्न जरुरी छ।जनसम्पर्क समिति भित्रको मुख्य समस्या भनेको कार्य समिति चयन गर्दा पनि यो गुट उ गुट भन्दै विवाद गर्ने,क्रियाशील सदस्य वितरण गर्दा पक्ष विपक्ष हेर्ने राम्रालाई भन्दा पनि हाम्रालाई हेर्ने,क्रियाशील वितरणको नीति नियम अवलम्बन नहुनु पनि एक दुखद पक्ष हो।आसे पासे नेताहरूको पावरमा जनसम्पर्क समिति चलाउने प्रवृत्तिले पनि बेला बेलामा विवाद चुलिँदै आएको छ।यसको ज्वलन्त उदाहरण नेपाली जनसम्पर्क समिति समन्वय युरोप र उसले गर्न लागेको कार्यक्रम हो।

सभापति देउवाको आदेशमा मुख्य सचिव कृष्ण पौडेलको पत्राचार गर्ने शैलीले यस्ता समस्या सृजित भई रहेको छ।महाधिवेशनमा प्रतिनिधित्व गर्ने महा समिति सदस्य र महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा पनि लापर्बाही हुने प्रबृतिले नेपाली काँग्रेसको राम्रा कार्यकर्ताहरूलाई असर पुगी रहेको छ।यहाँ राम्रालाई भन्दा हाम्रालाई हेर्ने प्रबृतिका कारण पनि काँग्रेस पछाडि धकेलिएको हो।