नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन सेप्टेम्बर ३ मा हुने - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन सेप्टेम्बर ३ मा हुने



 

कर्ण बहादुर अधिकारी मकाउ,चीन।
नेपाली काँग्रेसको विदेश स्थित भातृ सङ्गठन नेपाली जन सम्पर्क समिति मकाउको तेस्रो अधिवेशन सेप्टेम्बर ३ तारीकका दिन हुने भएको छ । सन २०१३ जुन १४ का दिन स्थापना भएको जनसम्पर्क समिति मकाउले तेस्रो वार्षिक उत्सव पनि मनाई सकेको छ । स्थापना कालदेखि नै सक्रिय रूपमा अगि बढेको जनसम्पर्क समिति मकाउ आउँदा दिनहरूमा पनि गहन जिम्मेवारीका साथ पार्टी र मकाउमा कार्यरत रहेका नेपालीहरूको हितको लागि अग्रसर हुने छ।

भव्य रूपमा कार्यक्रम गर्ने तयारी भई रहेको अवस्थामा नेपालको पूर्वी भागमा आएको बाढी पहिरोले नेपालको पूर्वी भाग तहस नहस बनाएको कारण अधिवेशन साधरण रूपमा गरिने छ । वर्तमान सभापति सुदर्शन थापा मगरले सम्पूर्ण कार्यभार उप सभापति लेख बहादुर गुरुङलाई जिम्मा दिए सँगै कार्यबाहक सभापति लेख बहादुर गुरुङको सभापतित्वमा मिति २०१७/८/२० तारीक बसेको पूर्ण बैठकले संस्थापक सभापति अम्बिर जोशीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी पनि गठन गरेको छ । निर्वाचन कमिटीले सकेसम्म सर्बसम्मत गराउने यदि सर्बसम्मत हुन सकेन भने लोकतान्त्रिक पद्धति अनरूप चुनावी प्रक्रियामा गएर नयाँ कार्य समिति चयन गर्ने बताइएको छ । नेपाली जनसम्पर्क समिति मकाउको हाल सम्म ६३४ जना क्रियाशील सदस्यहरू छन् र ती क्रियाशील सदस्यता लिएका हरूले मतदानमा भाग लिन पाउने छन्।

स्मरण रहोस् नेपाली जनसम्पर्क समिति मकाउको प्रथम अधिवेशन सन २०१३ जुन १४ तारीकका दिन सभापति अम्बिर जोशीको सभापतित्वमा १३ सदसीय कार्यसमिति सर्वसम्मत गठन गरिएको थियो भने द्धितिय अधिवेशन २८ जुन २०१५मा सभापति सुदर्शन थापा मगरको सभापतित्वमा कार्यसमिति सर्वसम्मत गठन गरिएको थियो । आशा छ आउँदा दिनहरूमा पनि नेपाली जनसम्पर्क समिति मकाउले यसरी नै काँग्रेसीहरूलाई एकताको सूत्रमा बाध्न सफल हुने छ । राष्ट्रियता,लोकतन्त्र र समाजवाद प्रति आस्था राख्ने मकाउमा कार्यरत रहेका नेपालीहरूको चाहना अधिवेशनबाट सफल नेतृत्व चयन होस ।