जनसम्पर्क समिति कोरियाको पाँचौँ महाधिवेशन सम्पन्न,अध्यक्षमा मल्ल निर्वाचित - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

जनसम्पर्क समिति कोरियाको पाँचौँ महाधिवेशन सम्पन्न,अध्यक्षमा मल्ल निर्वाचित



केशव पोखरेल /दक्षिण कोरिया

नेपाली काँग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति कोरियाको पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।जसको अध्यक्षमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छिन । सभापति पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन्। जम्मा खसेको मत १५८ मा ३ मत बदर भएको थियो भने ९६ मत मल्लले ल्याइन भने उनका प्रत्याशी भजिन्द्र क्षेत्रीले ५९ मत मात्र प्राप्त गरे ।

त्यसै गरी उपसभापतिमा जितेन्द्र महता, लक्ष्मण दाहाल र सुवास योगी निर्वाचित भएका छन् ।त्यस्तै महामन्त्रीमा कुमार थापा र गणेश तिमल्सिनि, सहमहामन्त्रिमा मित्रबन्धु काफ्ले र रामप्रसाद उप्रेती, कोषाध्यक्ष मा केपी सिटौला निर्वाचन भएका छन् ।

“नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अनवरत अभियान ,लोकतान्त्रिक मूल्यमा आधारित समृद्ध राष्ट्र निर्माणमा योगदान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त महाधिवेशनलाई सम्बोधन गर्न नेपालबाट काँग्रेस युवा नेता एवं केन्द्रीय सदस्य गगन थापा ,गोविन्द भट्टराई र महेन्द्र यादव को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै युवानेता गगन थापाले देश विकासको निम्ति कुरा गरेर मात्र नभई काम गर्नु पर्ने धारणा राखेका थिए । उनले भने “आज यस्तो कोरिया बन्न सफल भएको काम गरेर मात्र सम्भव भएको, हाम्रो देश नेपालले पनि विकास को फटको मार्नको लागि काम गरेर देखाउनु पर्छ,” । त्यस्तै अहिलेको सरकारमा रहेका मन्त्री हरूले पनि कुरा मात्रै गरेर हाईलाईटमा आउने प्रयास गरेको उनको आरोप थियो । आफूहरू प्रतिपक्ष मा रही सरकार को राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने पनि थापाले बताए ।