जनार्दन शर्मा भन्छन: दुई तिहाई सरकार 'पुच्छरले कुकुर हल्लाएजस्तै' भयो - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

जनार्दन शर्मा भन्छन: दुई तिहाई सरकार ‘पुच्छरले कुकुर हल्लाएजस्तै’ भयो



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले मन्त्रिमण्डल पुर्नगठनबारे चर्को असन्तुष्टी जनाएका छन् ।

नेकपा स्थायी कमिटी बैठकमा उनले मन्त्री परिवर्तनलाई लिएर असन्तुष्टी जनाएका हुन् ।

‘सरकार र मन्त्रीहरूको मुल्यांकन सरकार कै मान्छेले दिएका नम्बरका आधारमा नभई मन्त्रीहरूको कामको परिणामका आधारमा जनताको बुझाईमा आधरित भई पार्टीले गर्नु पर्दछ’, उनले भनेका छन्, ‘आज दुई तिहाई बहुमत त भयो उक्त राजनैतिक स्थायीत्वलाई नेताहरू आफैले दिनदिनै मन्त्री हटाउने कुरा गरेर अस्थिर बनाई राखे यो अत्यन्त बेठिक भएको छ ।’

साथै उनले सरकारको कामलाई लिएर पनि असन्तुष्टी पोखेका छन् । उनले भनेका छन्, ‘सरकारको रणनीति र कार्यनीति बीच तालमेल भएन ।

रणनैतिक महत्त्वका योजनाको काम र कुरा भैरहँदा जनता तत्कालिन अवश्यकता साँझ बिहानको प्रश्न प्रति ध्यान पुगेन ।’

उनले जनताले कम्युनिष्ट सरकारबाट नयाँ शुरूवात खोजेका हुन् पुरानो निरन्तरता होइन भन्दै आक्रोश पोखेका छन् ।

नेता शर्माले पुरानो कर्मचारीतन्त्र नयाँ अवश्यकतामा सञ्चालन गर्नुको सट्टा कर्मचारीतन्त्रले कम्युनिष्ट सरकार र मन्त्रीहरू सञ्चालन गर्ने अवस्था पुच्छरले कुकुर हल्लाय जस्तो हुन पुगेको बताएका छन् ।