जनार्दन शर्मा दोषी ठहरिएको भए पनि के नै हुन्थ्यो र ? - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

जनार्दन शर्मा दोषी ठहरिएको भए पनि के नै हुन्थ्यो र ?



जनार्दन शर्मालाई संसदीय समितिले दोषी साबित गरेको भए के हुन्थ्यो ?

नारायण गाउँले
संसदीय समितिले वाइडबडी ख़रीदमा अनियमितता भएको ठहर गर्दै नामै तोकेर थप छानबिन र कारबाही गर्न तत्कालीन ओली सरकारलाई निर्देशन दिएको थियो । त्यसमध्ये एक रवीन्द्र अधिकारीलाई ओलीले भोलिपल्टै निर्दोष रहेको सार्वजनिक घोषणा गर्दै संसदीय छानबिनको कुनै महत्त्व नरहेको बताएका होइनन् ?

समितिले कारवाही सिफारिस गरेका अर्का कांग्रेस नेता जीवनबहादुर शाही त अहिले मुख्यमन्त्री नै छन् । कस्तो कारवाही हो त्यो ? समितिले कारबाही माग गरेका तत्कालीन गृहसचिब प्रेमकुमार राई त उल्टै अरूलाई कारवाही गर्ने अख्तियारको प्रमुख छन् । यति मात्रै होइन, स्वास्थ्यसामग्री खरीदमा गम्भीर अनियमितता भएको संसदीय समितिले ठहर गर्दै भ्रष्टमाथि थप छानबिन र कारवाही गर्न सिफारिस गर्यो तर के भयो त ?

बारगेनिंगको अडियो नै सार्वजनिक भएपछि त्यति ठूलो लहरोको पहरो प्रधानमन्त्री र अन्यसम्म पुग्ने हुँदा गोकुल बास्कोटाको मन्त्री पद गयो, तर उनी आफैले मेरो होइन भन्ने हिम्मत नगर्दै ओलीले नक्कली अडियो भनेर छानबिनसम्म हुन नदिएको होइन ? अख्तियार पुग्नुअघि नै अख्तियारको भेषमा मन्त्रालय पुगेर उनले कागजपत्र गायब बनाएको घटनाको छानबिन भयो ?

बालुवाटार जग्गा प्रकरणमा के भयो ? प्रत्यक्ष लाभ लिएका विष्णु पौडेलमाथि छानबिन भयो ? कम्तिमा बालुवाटार किन्न सक्ने हैसियतका उनले नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हत्याएको त जगजाहिर नै थियो, कारबाही भयो ? के यस्ता विषयलाई लिएर कहिल्यै प्रतिपक्षी दलले आन्दोलन गरे ? संसद यस्तो विषयमा अवरोध भयो ?

सिङ्गो सिस्टम नै नफेर्दासम्म एक दुई पात्र फेरेर केही हासिल हुँदैन ।अति हुँदै छ । लाग्छ, गर्भमा कुनै ठूलो धक्का जन्मिदै छ ! सधैँ त यसरी नचल्ला !

लेखक