प्रचण्डकै अगाडि जनार्दन शर्माले गरे उपमहासचिव पद अस्विकार - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डकै अगाडि जनार्दन शर्माले गरे उपमहासचिव पद अस्विकार



काठमाडौं- नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले हालै पाएको उपमहासचिव पद अस्वीकार गरेका छन् ।

पार्टीको महासचिवको दाबेदार हरेका शर्मालाई पार्टी अध्यक्ष दाहल प्रचण्डले उपमहासचिव बनाएका थिए ।

माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो ।

तर बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवको पद अस्विकार गरेको बताएका छन् ।

उनले आफू पार्टीको उपमहासचिवको रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताए ।

४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाएपछि पार्टीमा असहमतिका स्वर सुनिन थालेका थिए । प्रचण्डको त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए ।

पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भनेका छन्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’

शर्माले पद नै अस्विकार गरेपछि कार्यक्रममा अध्यक्ष प्रचण्डले शर्मालाई बचाएको र हुर्काएको बताएका थिए ।