जनमुक्ति सेनाका सपना पुरा गर्न कटिबद्ध छु: जनार्दन शर्मा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता जनार्दन शर्माले जनमुक्ति सेनाको त्याग र बलिदानको स्मरण गरेका छन् ।
उनले जनयुद्धको क्रममा आफ्नो युवा जोस जाँगरलाई पूर्णरुपमा समर्पण गरि बलिदान गर्ने सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते अपाङ्गहरु र बेपत्ता पारिएका योद्धाहरुप्रति अभिवादन प्रकट गरेका छन् ।
शर्माले आइतबार जनमुक्ति सेना स्थापना दिवसको अवसरमा जनमुक्ति सेनाको त्याग र बलिदानले आजको दिन सम्भव भएको भन्दै जनमुक्ति सेनाको सपना पुरा गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
शर्माले भनेका छन् ‘जनमुक्ति सेनाको त्याग र बलिदान बिना न संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थियो न जनताका अधिकारहरु सुनिश्चित हुने सम्भावना नै थियो’।
जनमुक्ति सेनाका सदस्यहरु विभिन्न ठाउँमा जुन अवस्थामा छन् त्यसलाई महसुस गर्दै सपना पूरा गर्न निरन्तर परिवर्तन र क्रान्तिको बाटोबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यतामा आफू दृढ रहेको प्रभाकरले बताएका छन् ।