सीके राउतका नेतामाथि कारबाही गर्न जसपाको माग, रेणुबारे मौन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सीके राउतका नेतामाथि कारबाही गर्न जसपाको माग, रेणुबारे मौन



जनकपुरधाम- जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी रेणु यादवलाई कारबाहीको लागि चौतर्फी दवाव परिरहेका बेला सीके राउतका कार्यकर्तालाई कारबाही माग गर्दै जसपाले विज्ञप्ति जारी गरेको छ ।

शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही गर्न जनता समाजवादी पार्टी (जसपा) ले माग गरेको छ । तर सार्वजनिक कार्यक्रममै जनमत पार्टीका नेताहरूलाई हत्या गर्ने धम्की दिएकी मन्त्री यादवबारे भने जसपा मौन छ ।

जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले विज्ञप्तिमार्फत राष्ट्रियसभा निर्वाचन भइरहँदा किसान आन्दोलनको आडमा प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख उपप्रमुखमाथि गरेको सांघातिक आक्रमणको निन्दा गरेका छन् । जसपाले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

जनमतका कार्यकर्ताले गरेको क्षतिको विवरण एकिन गरि पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत जसपाले माग गरेको छ ।