जनकपुरमा गोलि चल्यो: ४ जना पक्राउ - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

जनकपुरमा गोलि चल्यो: ४ जना पक्राउ



जनकपुर- जनकपुरमा गोलि चलेको छ । डाँकाहरुको एक समूहलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करिब ३ः३० बजेको समयमा गोली प्रहार गरी ४ डाँकाहरुलाई नियन्त्रणमा लिइएको बताइएको हो ।

जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्निसिङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका-२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्निसिङमा लुटपाट गर्ने गिरोहका ४ जनालाई पक्राउ गर्न सफल भएको बताए।

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले ३ राउण्ड गोली चलाएको डिएसपी रामेश्वर कार्कीले जनाए। उनका अनुसार डाँकाहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ। उनको अवस्था समान्य रहेकोसमेत कार्कीले जानकारी दिए।

गोली लाग्नेमा रौतहटका विनोद प्रसाद सिंह हुन्। उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ।