जनकपुरको बम सेनाद्धारा डिस्पाेज, अर्काे पनि शङ्‍कास्पद बस्तु भेटियो - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

जनकपुरको बम सेनाद्धारा डिस्पाेज, अर्काे पनि शङ्‍कास्पद बस्तु भेटियो



काठमाडौं- जनकपुरमा भेटिएकाे बम नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले डिस्पाेज गरेकाे छ।

जनकपुरधाम उपमहानगरपालिका-९, सङ्‍कटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा राखिएकाे बम आज बिहान डिस्पाेज गरिएकाे हाे।

स्थानीय पसलेको पर्खालमा झोलामा राखेर राखिएको शङ्‍कास्पद वस्तु बम हुनसक्ने आशङ्‍कामा प्रहरीले घेरा हालेर आवतजावतमा रोक लगाएको थियाे। धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले नेपाली सेनाको बम डिस्पोजल टोली बाेलाएर बम डिस्पाेज गरिएकाे बताए।

यसैबीच बाह्रा विगाहको पछाडि सङ्‍कटमोचन मन्दिरनजिकै अर्को शङ्‍कास्पद पोका भेटिएको छ। उक्त पोका पनि बम हुन सक्ने प्रहरीको आशङ्‍का छ।

हाल उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुग्ने क्रममा रहेको प्रहरीले जनाएको छ।