जनकपुरमा बम भेटियो - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

जनकपुरमा बम भेटियो



काठमाडौं- जनकपुरधाम उपमहानगरपालिका वडा -४ मा शङ्‍कास्पद वस्तु फेला परेको छ।

वडा -४ तिरहुतियागाछीस्थित नेपाल पत्रकार महासंघ धनुषा शाखाको नजिकै शङ्‍कास्पद वस्तु फेला परेको हो।

मूर्तिको घाँटीजस्तै देखिने सो वस्तु बम रहेको आशङ्‍कामा घेरा हालेर सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ।

शङ्‍कास्पद वस्तुलाई निस्क्रिय गर्न नेपाली सेनाकाे बम डिस्पाेजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।