मेयरको टिकट दिने आस्वासन पाएका शाहले ६ दिनमै छोडे एमाले - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

मेयरको टिकट दिने आस्वासन पाएका शाहले ६ दिनमै छोडे एमाले



काठमाडौं- जनकपुर उपमहानगरपालिकाको मेयरमा टिकट पाउने पक्कापक्की भएर एमाले प्रवेश गरेका जानकीराम साहले टिकट नपाएपछि एक साता नबित्दै एमाले पार्टी परित्याग गरेका छन्।

एमालेले टिकट दिने आश्वासन दिई पार्टी प्रवेश गराएका जानकीरामले टिकट नपाएपछि ६ दिनमै पार्टी छाडेका हुन्। उनलाई टिकट दिने आस्वासन दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।

जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर ६ दिनअघि मात्रै एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका थापे।

टिकट पाउने पक्का जस्तै भएपछि काठमाडौं आई उनी गत ६ वैशाखमा ओलीनिवासमा पुगेर पार्टी प्रवेश गरेका थिए। एमालेले जनकपुरको मेयरमा शिवशंकर साहलाई टिकट दिएको छ।