जानकी मेडिकल कलेजका अध्यक्षलाई पक्राउ गर्न आदेश - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

जानकी मेडिकल कलेजका अध्यक्षलाई पक्राउ गर्न आदेश



काठमाडौं -जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउपुर्जी जारी गरेको छ । लामो समयदेखि तलब नदिएको भन्दै कर्मचारीले उजुरी हालेपछि पाण्डेविरुद्ध पक्राउपुर्जी जारी गरेको हो।

पटक–पटक हाजिर हुन पत्राचार गर्दा पनि उपस्थित नभएपछि पक्राउपुर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साहले जानकारी दिए । पक्राउ पुर्जीमा एकदिनभित्र हाजिर गराउन भनिएको छ ।

कलेजले लामो समयदेखि कर्मचारीलाई तलब खुवाएको छैन । कलेजका प्रिन्सिपल डा. हुकुमदेव साहलगायत कर्मचारीले तलब लामो समयदेखि नदिएको भन्दै उजुरी दर्ता गराएका हुन् ।

तलब माग्दै कर्मचारीहरू पटक–पटक आन्दोलनमा उत्रिएका छन्। आन्दोलनले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत प्रभावित बनेको छ । कर्मचारी आन्दोलित भएपछि सञ्चालकले पटक–पटक तलब दिने आश्वासन दिएपनि बेवास्ता गरेको आन्दोलन संघर्ष समितिका संयोजक उमेश यादबले जानकारी दिए ।