जनज्योती प्राथमिक विद्यालयको आम भेला तथा सार्वजनिक सुनुवाई सम्पन्न - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

जनज्योती प्राथमिक विद्यालयको आम भेला तथा सार्वजनिक सुनुवाई सम्पन्न



ललित जाग्री / कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका -११ कान्तिपुर स्थित श्री जनज्योती प्राथमिक विद्यालयको आम भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

जनज्योती प्राथमिक विद्यालयका अध्यक्ष पतिराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा नं ११ का वडाध्यक्ष बिनोद कुमार चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिमा गौरीगंगा नगरपालिकाका नगरसभा शिक्षा समिती सदस्य तथा भवानी राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक मिना जोशी चौधरी रहनु भएको थियो । त्यस्तै अतिथिमा वडा न.११ का वडा सदस्य बिमल प्रसाद चौधरी, साहेबलाल चौधरी, बुद्धिजीवी टेक बहादुर थापा लगायतका रहेका रहनु भएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७४/०७५ को रु ६ लाख ९१ हजार १ सय ७१ आय र रु ६ लाख ५१ हजार १ सय ७५ को आय-व्यय पनि सार्वजनिक गरिएको थियो । आम भेलाले गया प्रसाद चौधरीको अध्यक्षतामा नयाँ समितिको चयन पनि गरेको छ । जसको सदस्यमा क्रमशः शेर बहादुर श्रीपाली, प्रमिला चौधरी, सुन्दरी चौधरी रहनु भएको छ भने रमेश चौधरीको अध्यक्षतामा ११ सदस्य विद्यालय ब्यबस्थापन समितिको पनि चयन गरेको छ ।

श्री जनज्योति प्राथमिक विद्यालयका शिक्षक विष्णु बहादुर चौधरीको स्वागत मन्तव्य संगै सरु भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक बिर बहादुर चौधरीले गर्नु भएको थियो।