जनजाति महासंघमा एमाले पत्तासाफ - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

जनजाति महासंघमा एमाले पत्तासाफ



काठमाडौं, ६ पुस । चितवनमा सम्पन्न जनजाति महासंघको ९ औं महाधिवेशनमा नेकपा एमालेका तर्फबाट उठेका पदाधिकारी तथा सचिवालयका सदस्यहरुको लज्जाष्पद पराजय भएको छ ।

पदाधिकारी र सचिवालयसहति २१ पदमा भएको निर्बाचनमा एउटै सिटमा समेत एमालेको जित हुन सकेन भने पहिचान पक्षधर गठबन्धनबाट अध्यक्ष सहित नेपाली कांग्रेसका तर्फबाट ६, उपाध्यक्ष सहित माओवादी केन्द्रका तर्फबाट ७, महासचिव सहित संघिय समाजवादीका तर्फबाट ६, राप्रपा र नयाँ शक्तिबाट १/१ विजयी भएका छन् ।janajati-mahasagh-nirabachan-1-750 janajati-mahasagh-nirabachan-2-750

सहमतिमा नेतृत्व चयनका लागी गरिएको प्रयासलाई एमालेले नजिकका उम्मेदवारहरुले नमानेपछि भएको निर्बाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, संघिय समाजवादी लगायतका शक्तिहरुको पहिचान पक्षधर गठबन्धन बनेको थियो ।