विद्यालयमा लागुऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रम - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

विद्यालयमा लागुऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रम



बुटवल । रुपन्देहीको पारिबुटवलमा अवस्थित बुटवल माविमा अध्ययनरत विद्यार्थीका लागि एक दिने लागुऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

इनरव्हील क्लव अफ बुटवलको आयोजनामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।

क्लवका अध्यक्ष संजिला कसजुको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख दिपकराज नेपाल, विद्यालय सन्चालक समितिका अध्यक्ष बिमलबहादुर शाक्य, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, कार्यक्रम संयोेजक राधिका गुरुङ्, क्लवका सचिव माया भट्टराई लगायतले लागुऔषध तथा दुब्यसनीले मानव जीवनलाई असर गर्ने भएकाले विद्यार्थीहरुलाई त्यसका विरुद्धमा सचेतना बढाउन आवश्यक रहेको बताए ।

सोही विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० विद्यार्थी, अभिभावक तथा शिक्षकहरु सहभागिता रहेको कार्यक्रमको करुणा चौतारी फाउण्डेशनका प्रशिक्षक अरुण थापा र उपेन्द्र श्रेष्ठले सहजिकरण गरेका थिए ।

सोही कार्यक्रमको अवसर पारेर क्लवले बुटवल माविलाई पंखा समेत हस्तान्तरण गरेको थियो भने १३ जना विद्यार्थीहरुलाई क्वलका सदस्यहरुले अभिभावकत्व ग्रहण गरेका थिए ।