जम्मू–कश्मीरमा भिडन्त,तीन जनाको मृत्यु - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

जम्मू–कश्मीरमा भिडन्त,तीन जनाको मृत्यु



श्रीनगर । ।जम्मू–कश्मीरमा शनिवार बिहान तीन आतंकारी हमला भएका छन् । जसमा तीन जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा दुई सर्वसाधारण र एक आतंकारी रहेका छन् । आतंकारीले दुईजना सर्वसाधरणलाई अपहरण गरी हत्या गरेको बताइएको छ ।

बान्दीपोरामा आतंकारी समूह लस्कए–तैयबाले दुई जनालाई अपहरणपछि हत्या गरेको हो । उता, श्रीनगरको तबेला चटबल क्षेत्रमा आतंकारी लुकेको गोप्य सूचनाका आधारमा सुरक्षा बलले संचालनमा गरेको सर्च अपरेशनमा एक आतंकारीको मृत्यु भएको हो ।

मृतक आतंकारीले पुलवामा खुलेआम रुपमा सुरक्षा बलमाथि गोली प्रहार गरेको थियो । उसको गोली लागी एक जना प्रहरी अधिकृत शक्त घाइते भएको बताइएको छ ।

अपहरण शुक्रबार राति
प्रहरीका अनुसार, आतंकारीले शुक्रवार रात बान्दीपोराको शाहगुंड हाजिन नजिकबाट ४५ वर्षीय गुलाम हसन डार र २६ वर्षीय बशीर अहमद डारलाई अपहरण गरेका थिए । शनिवार विहान ३.३० बजे उनीहरुको हत्या गरेको बताइएको छ । हसन र अहमद काकाभतिजा हुन ।

उनीहरुको शव शाहगुंडको एक मस्जिद नजिक फेला परेको थियो । प्रहरी अधिकृतका अनुसार हत्यामा लस्कर–तैयबाको संलग्नता थियो । प्रहरीले मृद्दा दर्ता गरेर अनुसन्धन शुरु गरेको बताइएको छ ।