जलस्रोतको समुचित प्रयोग नहुँदा उर्जा संकट : रज्जाक, - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जलस्रोतको समुचित प्रयोग नहुँदा उर्जा संकट : रज्जाक,



बुटवल, २ असार ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले मुलुकलाई आत्मनिर्भर बनाउनकालागि मुलुक भित्र भएका स्रोत र साधनको सहि रुपमा प्रयोग हुनु पर्ने बताउनु भएको छ । उहाँले मुलुक जलश्रोतमा धनी भएपनि जलस्रोतको समुचित रुपमा प्रयोग नहुँदा मुलुकमा चरम उर्जा संकट खेप्नु परेको बताउनु भयो ।

नेपाल बिद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन कर्मचारी संघ लुम्बिनी क्षेत्रीय समितिको शुक्रबार भएको नबौं अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम नहुँदा सम्म बिकासले गति नलिने उल्लेख गर्नुभयो । मुलुकको बिकास र समृद्धिकालागि मुलुकमा रहेका राजनीतिक शक्तिहरु त्यसका नेतृत्व राजीतिक स्थिरताकालागि प्रतिवद्ध हुनु पर्ने पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले बुटवल सहित सिंङ्गो रुपन्देहीलाई आर्थिक केन्द्रको रुपमा बिकास गर्नकालागि नेपाली काँग्रेस तयार रहेको बताउँदै मुलुकमा समस्याको रुपमा स्थापित भएको उर्जा संकट सहित रहेक समाधान र बिकासकाकालागि काँग्रेसको नेतृत्व आवश्यक रहेको दावी गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले प्राधिकरण कर्मचारीका हितमा भएका सहमतिहरु हुवहु कार्यान्वयन हुनु पर्ने बताउँदै कार्यान्वयन गर्न र त्यसको पहल गर्नकालागि आधिकारिक ट्रेड युनियन कर्मचारी संघलाई आग्रह गर्नुभयो । कर्मचारी संघका लुम्बिनी क्षेत्रीय अध्यक्ष राजेशकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय कार्यालय बुटवलका क्षेत्रीय प्रवन्धक सुरेशबहादुर क्षेत्री, आधिकारिक ट्रेड युनियनका महासचिव तथा केन्द्रीय प्रतिनीधि गौरीकान्त अधिकारी, नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियनकी क्षेत्रीय अध्यक्ष कमला अर्याल, लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव रोहिन्द्रप्रसाद भण्डारीले गर्नुभएको थियो ।

नेपाल बिद्युत प्राधिकरणमा नेपाली काँग्रेस निकटको कर्मचारी संघ, एमाले निकटको कर्मचारी युनियन, माओवादी निकटको कर्मचारी संगठन र राप्रपा निकटका कर्मचारीहरुको कर्मचारी कल्याण परिषद पेशागत संगठन क्रियाशिल छन् । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाली काँग्रेस निकटका कर्मचारीहरुको संस्था कर्मचारी संघले जितेको थियो । सोही अनुसार अहिले कर्मचारी संघ बिद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन हो ।

आधिकारिक ट्रेड युनियन कर्मचारी संघको नबौं लुम्बिनी क्षेत्रीय अधिवेशनबाट नमराज कडरीयाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमल रोका, सचिवमा रोहिन्द्रप्रसाद भण्डारी, कोषाध्यक्षमा लक्ष्मी विनयी क्षेत्री तथा १३ जना कार्यसमिति सदस्य सर्वसम्मत रुपमा चयन गरिएको छ ।