आगो ताप्ने क्रममा जलेर एक बृद्धाको मृत्यु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

आगो ताप्ने क्रममा जलेर एक बृद्धाको मृत्यु



कैलाली । आगो ताप्ने क्रममा जलेर कैलालीमा एक बृद्धाको ज्यान गएको छ । मंगलबार दिउँसो करिब १ः१५ बजे
आगो ताप्ने क्रममा जलेर धनगढी उप महानगरपालिका–७ मनेहरा की ७४ वर्षिया सुवधरा सिंहको मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा आगो तापिरहेको अवस्थामा एक्कासि शरीरमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।