कपिलबस्तु र नवलपरासीका वडा कार्यालयहरू जलाइए
काठमाडौं-आइतबार राति नवलपुर र कपिलवस्तुका वडा कार्यालयहरूमा आगजनी गरिएको छ ।
अज्ञात समूहले नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी गरेको हो ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय र पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालयमा आगजनी भएको हो ।
आगलागीबाट कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय पूर्ण रूपमा जलेको छ । कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् ।
यसैगरी, आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको छ । फाइल तस्बिर