जाजरकोटमा जीप दुर्घटना :एकको मृत्यु ,६ जना घाइते - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

जाजरकोटमा जीप दुर्घटना :एकको मृत्यु ,६ जना घाइते



जाजरकोट : जाजरकोट-डोल्पा सडकखण्ड अन्तरर्गत नलगाड नगरपालिका-९ दारिमपाटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

तल्लु बगरबाट दल्ली तर्फ आइरहेको ग १ ज ५८१२ नम्वरको जीप दुर्घटना हुँदा भेरी नदीमा खसेको थियो। करिब ३० देखि ४० मिटर तल भेरी नदीमा जीप खस्दा रुकुम आठविसका नगरपालिका-११ का ४ वर्षीय विवेक नेपालीको मृत्यु भएको हो। उनकी २३ वर्षीया आमा लक्ष्मी नेपाली घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै घाइतेहरूमा जाजरकोट नलगाड नगरपालिका-९ का २२ वर्षीय राजेन्द्र विक गम्भीर घाइते भएका छन्।

अन्य घाइतेहरूमा नलगाड नगरपालिका-१० का तेजबहादुर विक, नलगाड नपा– १ का वर्षीय भरत परियार, नलगाड नगरपालिका-११ का १७ वर्षीय दुर्गेश बानियाँ, नलगाड नपा-११ का १६ वर्षीया खीमा बानिया रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। दल्ली स्वास्थ्थ्य चौकीमा उपचार हुँन नसकेपछि थप उपचारका लागि जाजरकोट अस्पतालमा ल्याइएको जाजरकोट प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।फाइल तस्विर