पोखरा विमानस्थलमा अल्ट्रालाइटको जाइरोकोप्टर दुर्घटना - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पोखरा विमानस्थलमा अल्ट्रालाइटको जाइरोकोप्टर दुर्घटना



पोखरा- पोखरा विमानस्थलमा अल्ट्रालाइटको जाइरोकोप्टर दुर्घटना भएको छ ।

मङ्गलबार दिउँसो करिब साढे २ बजे यात्रुलाई साइटसिइङ गराएर फर्किएपछि ल्यान्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लिएर चौर किनारामा पुग्दा दुर्घटना भएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले बताए ।

जाइरोकोप्टरमा पाइटल फ्रेन्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उनीहरू सकुशल रहेको प्रमुख गुरागाईले बताए । ‘दुर्घटनामा परेको जाइरोकोप्टरमा क्षति पुगेको छ । पाइलट र यात्रु भने सकुशल छन्,’ उनले भने ।

दुर्घटनापछि विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको गुरागाईले बताए ।