जेलरको कथा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जेलरको कथा



हरि थापा

मेरो एक जेलर मित्र केही कुरा भन्न खोजिरहेको थियो।छोटो समयमा मैले उसका कुरा बुझे।उसको कुरा सुने पछि म भावुक भए!साँच्चै म भित्र ऊ थियो। यति वेला मेरो भावनामा ऊ जीवित थियो। नसा नशामा ऊ थियो त्यसैले त म उसको कुरा सुन्दा भक्कानीदै भावविह्वाल भए।

एक पछि एक कुरा सुन्दै गएपछि म अझै अाक्रमक बन्दै गए।रिसले चरम सीमा नाघ्यो यति जोडले चिच्याउन मन थियो,जोडले कराउन मन थियो उफ्रिदै दाह्रा किट्दै क्वा क्वा रुन मन थियो।तर मुर्छा पर्दै चुपचाप सुनिरहे।

संसारलाई चुनोैती दिँदै ल फासि लगाएर मलाई मार।सक्छस् !भन्न मन थियो।दुई मुठी सास हुने हरूको यो ज्यादती खप्न जरुर थियो वा थिएन,खपेको भए कहिले सम्म खप्ने?प्रश्न चोटीलो थियो?अन्याय सहनुको पनि हद हुन्छ नि यार।

जब सम्म सामान्य अन्याय खपिरहन्छन कोही कसैले चासो दिन्नन् समस्या यहीँ निर हो । यदि ज्यादतीमा पहिले नै रोक लगाउने उपाय खोज्ने भए यत्रा घटनाले किन विकराल रूप लिन्थे र । प्रश्न आफूभित्र ट्न्नै उब्जिए!तर उत्तर विहीन भए।

यो देख्दा त सिस्टमलाई खरानी बनाउन मन लाग्छ।डण्डाको भरमा न्यायको फैसल्ला गरिन्छ।तर अावेगले मात्र संमयन्त्र खरानी नहुने रैछ।अावेगले मान्छेको आत्मा जल्छ होला तर यी भोैतिक बस्तु कहाँ जल्दोरहेछ र ।चाहँदा चाहँदै पनि छुन सम्म नसक्ने रहेछ । यहाँ जति कराएर पनि के गर्नु । उल्टो आफूले मुख छोप्नु पर्छ।

लाज भन्ने कुरा संसारमा कम हुँदै गईसक्यो अनि केही व्यक्तिको साना तिना स्वार्थले केही व्यक्तिको जीवन पनि वर्वादी हुन्छ।यो जत्ताततै चल्ने यहीँ रहेछ।

फेरि सोचे,यो स्वार्थी संसारमा रुनुको नि के अर्थ छ र । सद्भाव हराएको मानवता हराएको संसारमा एक रुँदा अर्को ताली पिट्ने हुन्छन्।त्यसैले बाहिर रमिता देखाउन पट्टकै मनले मानेन।आफूलाई समाल्न सक्दो कोसिस गरे।

उसको कुरा सुन्न भन्दा म आफू बढी बर्बराउन थालेछु।हैट म पनि कस्तो उसको भावना सुन्न पनि साहस नगर्ने रै छु।कमजोरी आफूमा भेटे…मेरो काम त उसको पिडा सुन्ने हो नि! आफूलाई समाल्दै सुन्दै गए।

उसका आफ्नै इज्जत प्रतिष्ठा थियो। मिलेको सानो घरपरिवार थियो।इष्टमित्र थिए आफ्नै सुन्दर सपना थियो। स्वदेशमा कयोैँ मेहनत परिश्रम गर्दा पनि भने जस्तो प्रगति गर्न नसक्दा परिवारलाई अझै खुसी दिनको निम्ति मेनपावरमा ह्रारगुह्रार गर्न पुगेको थियो।

अन्ततः लामो समयको प्रतीक्षा पछि मेन पावरले हात्तमा एउटा हरियो पार्सपोट थमाएर एरपोर्टको गेट सम्म छाडिदिएको थियो।आफ्नो सपना पुरा गर्ने परिवारलाई खुसी राख्ने लोभमा ठुलो जहाजमा जहाज भन्दा कयोैँ गुना ठुलो सपना लिएर उड्यो।

उसलाई खाडीको एरपोर्ट पुग्दा सम्म पनि आफू स्वदेशमै छु भन्ने भान हुन्थ्यो।त्यत्रो यात्रा पार भई क्षितिज पारी पुगिसक्दा पनि आफ्नै देशमा छु भन्ने महसुस हुनुले स्वदेशको गहिरो भाव प्रस्तुत गर्छ।स्वदेश प्रतिको अपार माया, सम्झनाको याद गराउँदछ।

अझ भर्खरको काखे बालक,गुडिया जस्ती क्युट छोरी छाड्नु जवान श्रीमती स्वर्गकी परि भन्दा ज्यादा राम्री उनीलाई चट्क्कै छाडी हतारमा सिमानापारी पुग्नु अनि अन्य परिवार बुढेसकालका बा,आमा छाडी सुन्दर सपना खोज्नु साँच्चै नै यो भ्रम थियो ।

एउटा परिवार भन्दा सुन्दर सपना के हुन सक्ला? त्यो सुन्दर सपना भन्ने त झुट नै हो भन्ने लाग्यो।तर केही आर्थिक लोभ लालच चैँ पक्का हो।हजारोैँ सपना स्वदेश हुँदा जाबो एउटा भोैतिक सपनाले के खुसी देला ?

जसले जे भनोस् ऊ खुसी हुनै सक्दैन।ऊ अत्यन्तै घरको यादमा डुब्थ्यो।घर जाने परिवार सँग बस्ने पारिवारिक वातावरण उसले राम्ररी बुझेको थियो।सधैँ गम्भीर मुद्रामा देखिन्थ्यो। खुसी खोज्न आएको एक जवान यति दुखी हुनु अस्वभाविक थियो।मात्रै एउटा स्वार्थमा लाखोैँ स्वार्थहरू को हत्या भएको थियो।

तैपनि जसो तसो दैनिकी चलिरहेको थियो।पारिवारिक समस्याले असाध्यै तनाव दिन थाले पछि साथीको लहलैमा लागेर पिउन उसले थालेको थियो।

साथीहरूले समस्याबाट पार पाइन्छ यही एउटा उपाय हो भन्ने होैँस्याई उक्साई यो पिए पछि त जस्तो सुक‌ै समस्या पनि समाधान हुन्छ भन्दिए पछि ऊ मज्जाले पिउँथ्यो धित्त मरुन्जेल बेहोस हुने गरी।

कयोैँ पटक चिसो ट्वाईलेटमा रात कटाएको कुरा पनि कोट्याउँथ्यो तर पनि कहिल्यै हल्ला गर्दैनथ्यो भन्ने पनि सुनेको थिए। सधैँ घरको यादमा पिउने उनीहरूलाई एक दिन लोकल प्रहरीले फेला पारेछन।अनेक बाहना बनाई लुट्नु लुटेछन।भनेको जति रकम दिन नसके पछि पिउँदै गरेको सोझो केटोलाई विभिन्न आपराधिक घटनामा जबरजस्त मुछि कोचि दिएछन।

ऊ खासमा अपराधी हैन ! उसले गरेको गल्ती मात्र पिएको हो।तर अपराधी झैँ लगियो जेल कोचियो।यस्ता धेरै छन्।पिउँदा पिउँदै उठाएर लग्ने अनि थुन्दिने ।उनका बारेमा कसले बोल्दिने भाषा जानेका हुँदैनन् जे भने पछि एस एस,भनेपछि यति सजिलै फस्छन मान्छे।

याद मेटाउन पिउने बानीले उसको साह्रा सपना चकनाचुर भयो।कसैको लहलह‌ैमा लाग्दा यसरी उसले परदेशको चिसो सिढिमा जीवन गुजार्नु परेको छ।अाँखिर पिलाउने अोषतीले न उसका सपना पुरा भयो न उसलाई ऊ मान्छे बनेर रहन दियो।जेलको जीवन त के जीवन।साँच्चै भन्ने हो भने एउटा जिउँदो लास मात्र हो।

एउटा अलस मानिसलाई पिलाउने रमले कति सम्मको कुख्यात अपराधी बनाउँछ।कति अचेत बनाई घटना घटाउँछ ।अनि हजारोैँ सपना कसरी खाडीको बालुवामा कसरी विलीन भएर जान्छ उसको कहानी कति दुख लाग्दो छ।

परिवारका सदस्यले कति भरोसा गरिरहेका होलान्।आउने बाटो दिन कुरिरहेका होलान् बाटो हेर्दै हरेक दिन आँखा टट्टाउनजेल हेर्दै होलान् ।तर परदेशमा साना तिना दुर्घटनामा परेर मामा घरको चिसो भुईँमा बस्नु परेको बाध्यता उसले कसरी बत्ताउन सकोस्।गल्ती को जतिनै महसुस गरे पनि अोैचित्य छैन।

जसरी किराहरू उज्यालो खोज्दै आउँदा ट्युबलाईटमा परि जलेर भस्म हुन्छन्।एउटा जवान केटो आफ्नो उज्वल भविष्य पारिवारिक सुख सयले लाई लत्याउदैँ। सानो क्षनिक भोैतिक खुससलयलाई अँगाल्दा खुसी खोज्न भोैतारिदै परदेशमा आएर आफ्नो जीवन अर्पण गर्छ।

अनि विगत सम्झिँदै,खुसीका पलहरू सम्झिँदै, बुढा बा,आमा सम्झिँदै आफ्नो मुटुको टुक्रा उदाउदो भविष्यको तारा,सानी छोरी लाई सम्झिँदै,संसारकै असाध्यै माया गर्ने श्रीमतीलाई सम्झिँदै बाकी यादहरू परेलीका डिलबाट मुस्किलले झरेका केही थोपाहरूले सुस्तरी पखालिरहेका हुन्छन्।अनि ती सुनोैलो सपना, योजना,इच्छा,चाहनाहरू झिरेप्पै सल्लिपिर झैँ सुकेका हुन्छन्।मात्रै जलाउन सकिन्छ यति कमजोर हुन्छ कुनै पनि बेला हावाले उडाएर कत्ता पुर्याउछ पत्तो हुँदैन।

मानिसको मृत्यु कुनै पनि रूपले आउना सक्छ,जीवन पछि मृत्यु अन्तिम सत्य हो चाहेर वा नचाहेर स्विकार्नुको विकल्प छैन तर मान्छे एक जन्ममा पनि जेल पर्‍यो भने पटक पटक मृत्यु हुन्छ र पनि जीवितै हुन्छन् एउटा जिउँदो लास भएर….