जैविक विविधता संरक्षणका लागि तीन दिने अभिवृद्धि कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जैविक विविधता संरक्षणका लागि तीन दिने अभिवृद्धि कार्यक्रम सम्पन्न



हिमाल पोस्ट / घोडाघोडी ,कैलाली ।

जैविक विविधता संरक्षणका लागि तिन दिने अभिबृद्धि कार्यक्रम कैलालीको गौरीगंगा नगरपाालिका -३ कुचैनिमा सम्पन्न भएको छ ।

शिब गंगा सामुदायिक बनको आयोजनामा समपन्न भएको कार्यक्रमलाइ राजमार्ग सञ्चारीका समुह कैलालीले समन्वय गरेको थियो । शिब शक्ती सामुदायिक बनका उपाध्यक्ष रुद्रलाल कडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गौरी गंगा नगरपालिका – ३ का वडाध्यक्ष नरेन्द्र बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै शाहले जैबिक बिबिधताका संरक्षणका लागि आयोजना गरेको यो कार्यक्रम निकै सराहनिय भएको बताउनुभयो । उहाले महिलाहरुको नेतृत्व बिकास संगै युवाहरुको सामाजिक उत्तर दायित्वमा भुमीका बिषयक कार्यक्रमले अपेक्षा गरे अनुसारको प्रतिफल प्राप्त गर्नेमा आशा ब्यक्त गर्नुभयो । उहाले भन्नु भयो, “कुनै पनि बिकास हुनु भन्दा पहिले मानसीक बिकास हुन जरुरी छ पक्कै पनि यो तालिमले त्यो भुमीका निर्बाह गर्नेछ ।”

कार्यक्रममा वडा नं ३ का सदस्य जगत बहादुर चौधरी,राजमार्ग सञ्चारीका महिला समुहका अध्यक्ष लक्ष्मी भट्टराई , सहभागिका तर्फबाट लेखराज आचार्य,युवराज आचार्य,टीका कडेल लगायतकाले मन्तब्य राखेका थिए ।

३ दिन सम्म सञ्चालन भएको कार्यक्रममा २ दिन महिलाहरुलाइ नेतृत्व बिकास,बन डडेलो ब्यवस्थापन,सामाजिक उत्तरदायित्वमा महिलाहरुको भुमीका, भदौ १ गते देखी लागु भएको नया मुलुकि ऐन मा भएको कानुनी प्राबधान लगायतका बारेमा प्रशिक्षण दिइएको थियो भने अन्तिम दिन शुक्रबार सामाजिक उत्तरदायित्वमा युवाहरुको भुमिको, सुचनाको हक,लगायतका बारेमा युवाहरुलाइ प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा समाजसेवि लछि राम आचार्य,राजमार्ग सञ्चारीका महिला समुहका अध्यक्ष लक्ष्मी भट्टराई ,उपाध्यक्ष जमुना न्युरे,सचिब इन्दु केसीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा महिला र युवा गरी एक सय बढीको सहभागिता रहेको थियो । कार्यक्रमलाइ समापन गर्दे शिब गंगा सामुदायिक बनका उपाध्यक्ष रुद्रलाल कडेलले आगामि दिनमा पनि यस्तो कार्यक्रमहरु आयोजना गर्ने बताउनुभयो । युवाहरुलाइ बैज्ञानिक बन ब्यवस्थापनका बारेमा जानकारी समेत दिनुभयो ।