जग्गा कारोबारमा सरकारले लगायो अंकुश - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

जग्गा कारोबारमा सरकारले लगायो अंकुश



काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने भएको छ । आउँदो आर्थिक वर्षदेखि आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गाको कारोबार गर्न पाइने व्यवस्था गर्ने भएको हो ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।