बिष्णु पौडेलको जग्गा प्रकरणबारे प्रधानमन्त्रीले यसो भने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिष्णु पौडेलको जग्गा प्रकरणबारे प्रधानमन्त्रीले यसो भने



प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताएका छन् ।

नयाँ वर्षमा बालुवाटार निवासबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनाधिकृत दोहनलाई छुट नदिइने बताए । यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उनले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तर जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरीछाड्ने अभियानमा म प्रतिबद्ध छु ।’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफू नेतृत्वको सरकारका उपलब्धीबारे चर्चा गरे । उनले पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि भएको उल्लेख गरे ।