विप्लवद्धारा कैलालीमा स्थानीयका जग्गा कब्जा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

विप्लवद्धारा कैलालीमा स्थानीयका जग्गा कब्जा



-विशाल पाण्डेय/कैलाली

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा कैलालीको बौनियाँमा जग्गा कब्जा गरेको छ ।
तत्कालिन द्वन्द्वका क्रममा माओवादीले कब्जामा लिएका स्थानीयका जग्गा अहिले पुनः विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले समेत कब्जामा लिन थालेको हो ।

जनयुद्ध कालमा पार्टीले कब्जा गरेको जग्गा दलाल र भुमाफिया मिलेर दलाली गरेको भन्दै तत्कालिन सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा ,देव बहादुर मल्लको घर सहित ८ बिगाह, राजेन्द्र मल्ल र विर बहादुर मल्लको घर र ३५ बिगाह जग्गामा सो पार्टीको जनपरिषद नेपाल बर्दगोरिया गाउपालिकाको ब्यानरमा जग्गा कब्जा गरेको ब्यानर टाँसेर पुन: कब्जा गरेको जनाएको छ ।

युद्धकालमा पार्टीले कब्जा गरेको जग्गा पुनः कब्जा गरिएको र सो जग्गा विक्री वितरणमा संलग्न दलाल ,भुमाफिया र पार्टीका नेतालाई भौतिक रुपमा जनकारवाही गरिने समेत ब्यानरमा उल्लेख गरिएको छ । उक्त व्यानरमा बर्दगोरिया जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा घर जग्गा कब्जा गरिएको समेत जनाइएको छ ।