भ्रमण बर्षको अवसरमा 'जागौं लागौं युवा हो' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

भ्रमण बर्षको अवसरमा ‘जागौं लागौं युवा हो’ सार्वजनिक (भिडियो सहित)



कैलाली । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै नयाँ गीत ‘जागौं जागौं युवा हो ‘ सार्वजनिक गरिएको छ । भ्रमण बर्षका अवसरमा टेकराज अछामी युट्युव च्यानल मार्फत बुधबार सार्वजनिक गरिएको हो ।

टेकराज अछामी र विवेक शाहको शब्द र सन्तोष सुनामको संगित तथा एरेन्ज रहेको उक्त गीतमा हेमराज थापा, सज्जन धामी , सन्तोष सुनाम, सिता थापा, प्रिया जिसी र टिकाको स्वर रहेको छ भने म्युजिक भिडियोको सम्पादन तथा छायांकन गोपि अधिकारीले गरेका हुन् ।

गितमा नेपालको भौगोलिक तथा ऐतिहासिक कुराहरुको व्याख्या गरिएको छ । आफ्नो जन्मभुमिको सन्देश मुलक गीत बजारमा ल्याउन पाउदा निकै नै खुसि लागेको गायक हेमराज थापा (बाबुराजा) ले हिमाल पोस्टलाई बताए ।

भिडियो हेर्नुहोस :