जन आकृति बाल क्लबको आयोजनामा जगतपुरमा सरसफाई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जन आकृति बाल क्लबको आयोजनामा जगतपुरमा सरसफाई



सुखड,कैलाली । कैलालीको बर्दगोरिया गाउपालिका वडा नं ६ स्थित जगतपुर गाउटोल सरसफाई गरिएको छ ।

श्री जन आकृति बाल क्लबको आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रम जगतपुर टोलको पुर्व बौनिया भजनि सडकखण्ड अन्तर्गत ५ सय मिटर र गाउ टोलको पुरै भित्री बाटो सरसफाई गरिएको हो ।

जन आकृति बाल क्लबको उपाध्यक्ष सुस्मिता चौधरीको अगुवाईमा भएको सरसफाई कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नं ६ का वडाध्यक्ष रामकृष्ण डंगौरा (रञ्जित) वडा सदस्यहरू लक्ष्मण डंगौरा , राधा चौधरी जगतपुर टोलका भल्मन्सा जंगली चौधरी ,नवज्योती ग्रामिण बिद्युत सहकारी संस्थाका प्रबन्धक नरेश डंगौरा , वडा नं ६ स्तरिय आदीबासी जनजातीका सचिब प्रेमलाल चौधरी ,रेडियो घोडाघोडी एफ एमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी, बुद्दीजिवी ,समाजसेवी , बाल क्लबका सदस्यहरू लगाएतको सहभागिता रहेको थियो ।

सरसफाई पश्चात उक्त कार्यक्रम कोणसभामा परिणत भई वडा सदस्य लक्ष्मण डंगौरा , राधा चौधरी, र वडा अध्यक्ष रामकृष्ण डंगौरा (रञ्जित) ले आफ्ना मन्तब्य राख्नु भएका थिए । मन्तब्यको क्रममा वडा अध्यक्ष रामकृष्ण डंगौराले यस क्लवले महत्वपुर्ण सन्देशमुलक सरसफाई कार्यक्रम गरेको बताउनु भयो । साथै यस्ता सामाजिक कार्यमा सधै अग्रसर रहन आग्रह गर्दै आगामी दिनहरूमा वडा स्तरको कार्यक्रममा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।