मेरोविरुद्ध रातभरि षड्यन्त्र भएको छ: जगन्नाथ पौडेल - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मेरोविरुद्ध रातभरि षड्यन्त्र भएको छ: जगन्नाथ पौडेल



काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र भएको आरोप लगाएका छन् ।

शुक्रबार विहान मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो विरुद्ध भरतपुरमा रातभरि षड्यन्त्र भयो, पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भयो । राजनीतिक दलहरुले सत्ता र शक्तीको दुरुपयोग गरिरहँदा निर्वाचन आयोग मौन बस्नु एकदम धेरै पक्षपातपूर्ण देखिएको छ ।’

राजनीतिक दलहरुले आयोगसँगको वैठकमा सबै नियम पालना गर्छु भनेर हस्ताक्षर गरे पनि व्यवहारमा नैतिकता शून्य देखिएको पौडेलले बताए ।