प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले मंगलबारका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।

घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको हो।

दशैं विदाका क्रममा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा बैठकमा छलफल हुने र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुंगो लगाउने छ।

सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने चलन छ। यसका साथै प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने विषय सार्वजनिक भएकाले त्यसबारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।