प्रधानन्यायाधीश जबरालाई १५ दिनको अल्टिमेटम - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

प्रधानन्यायाधीश जबरालाई १५ दिनको अल्टिमेटम



काठमाडौं- नेपाल बार एशोसिएसनले स्वचालित पेशी प्रणाली कार्यान्वयन गर्न सुझाव दिएको प्रतिवेदन लागू गर्ने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र आउनुपर्ने ‘अल्टिमेटम’ दिएको छ ।

शुक्रवार बसेको बारको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी सर्वाेच्च अदालतको फूल कोर्ट र प्रधानन्यायाधीशको भएको ठहर गर्दै अल्टिमेटम दिएको हो ।

बैठकपछि बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिवेदन तत्काल लागू गराउने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्यायिक नेतृत्व (प्रधानन्यायाधीश) लाई विश्वास गर्न सकिने अवस्था रहँदैन । यस स्थितिमा सर्वाेच्च अदालतले प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।’

बारले लामो समयदेखि पेशी तोक्ने स्वचालित प्रणालीको माग गर्दै आएको छ । यसबारे आइतवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेरै थप छलफल गर्ने निर्णय बारले गरेको छ ।