जबरामाथि कडा निगरानी- कहाँ जान्छन्, कसलाई भेट्छन् सबै निगरानी गर्नु
काठमाडौं । प्रहरीलाई सरकारले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका हरेक गतिविधिको निगरानी राख्न निर्देशन दिएको छ । राणाको निवास बालुवाटारमा बिहानैदेखि प्रहरीको संख्या बढाइएको छ ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार माथिबाटै निर्देशन आएको र राणाका हरेक गतिविधि हामीले निगरानीमा राख्न निर्देशन दिइएको छ । कहाँ जान्छन्, कसलाई भेट्छन् । बाहिर जाँदा कहाँ पुग्छन् त्यो सबै जानकारी गर्न माथिबाट नै निर्देशन आएको उनले बताए ।
राणा आइतबार सर्वोच्च जान चाहेका थिए । तर गेटमा प्रहरीको संख्या बढी देखेपछि उनी बाहिर निस्किएनन् । सर्वोच्च अदालतमा पनि उनी आउने भनेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बारका पदाधिकारीहरु उनलाई प्रवेश नदिने भन्दै विरोधको तयारीमा थिए । राणालाई महाभियोग सिफारिस समितिले बहुमतका आधारमा महाभियोग लगाउन सकिने प्रतिवेदन सभामुखलाई बुझाएको भोलिपल्टै राणा अदालत जाने तयारीमा थिए ।
त्यसैलाई रोक्न सरकारले प्रहरीको संख्या बढाएर निगरानीमा राखिएको बताइएको छ ।