इँटा भट्टाको पोखरीमा डुवेर भक्तपुरमा ३ वर्षिय बालकको मृत्यु - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

इँटा भट्टाको पोखरीमा डुवेर भक्तपुरमा ३ वर्षिय बालकको मृत्यु



भक्तपुर । इँटा भट्टाको पोखरीमा डुवेर एक ३ वर्षिय बालकको मृत्यु भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित श्री सरस्वती इँटा भट्टामा इँटा बनाउने माटो मुछ्नको लागि पानी जमाउन खनेको पोखरीमा डुबेर काभ्रे नमोबुद्ध नगरपालिका ४ घर भई हाल सोही इँटा भट्टामा काम गर्ने सुमन तामाङका साढे ३ वर्षीयाको छोरा निरज तामाङको मृत्यु भएको हो ।

पोखरीमा डुबेर घाइते भएका बालक निरजलाई तत्काल उद्धार गरी उपचारका लागि सिद्धि स्मृति अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।