कम्युनिस्टहरुले नयाँ इतिहास कायम गरे: माधव नेपाल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कम्युनिस्टहरुले नयाँ इतिहास कायम गरे: माधव नेपाल



काठमाडौं- नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले धेरै संघर्ष र बलिदानपछि अहिलेको अवस्थामा आइपुगेको भन्दै नेपाली कम्युनिस्टहरुले इतिहास कायम गरेको बताएका छन्।

राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले नेपाली कम्युनिस्टहरुको आत्मबल र जस्तोसुकै अवस्थामा पनि अडिग रहने प्रवित्तिले नै कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको टिप्पणी गरे। अब जनताको मनमा बस्नेगरी अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए।

‘जनताको आलोचना सुनेर होइन, जनताको मनमा बस्नेगरी काम गरेर, विश्वास जितेर, जनताको सुख र दु:खमा सहभागी भएर अगाडि बढ्नुपर्छ’, उनले भने।

वरिष्ठ नेता नेपालले सरकारको संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई साकार पार्नुपर्ने पनि धारणा राखे।

नेता नेपालले पार्टी एकताको घोषणापत्र वाचन गरेका थिए।