इतर समूह जुटे शेखरको जीत पक्का - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

इतर समूह जुटे शेखरको जीत पक्का



काठमाडौं- पहिलो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला दुवैले ५१ प्रतिशत मत ल्याउन असफल भएपछि आजै दोस्रो चरणको चुनाव हुने भएको छ।

त्यसका लागि अहिले राष्ट्रियसभा गृहमा निर्वाचन समितिको बैठक बसिरहेको छ।

त्यसका लागि कांग्रेसको निर्वाचन समितिले तयारी थालेको छ। पहिलो चरणमा सबैभन्दा धेरै २२५८ मत ल्याएका शेरबहादुर देउवा र १७२९ मत ल्याएका डा. शेखर कोइरालाबीच अब प्रतिस्पर्धा हुनेछ।

यस्तोमा अब तेस्रो, चौथो र पाँचौँ नम्बरका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक देखिएका छन्।

यी तीनजनाले यदि शेखरलाई सघाएमा विजयी हुन सक्छन्। तर यी तीनमा विमलेन्द्र या प्रकाशमानले सघाएमा देउवा विजयी हुन्छन्।

यी तीनमा प्रकाशमान सिंहले ३४७ मत ल्याउँदा विमलेन्द्रको पक्षमा २७३ र कल्याण गुरुङलाई ३२ मत झरेको छ।

यस्तो अवस्थामा तीनैको मत जोड्दा ६५२ हुन आउँछ। शेखरले ल्याएको १७२९ सँग यो मत जोड्दा २३८१ हुन आउँछ। यो भनेको ५१ प्रतिशत मत हो।

तर देउवाले २२५८ मत ल्याएकाले दोस्रो चरणमा विमलेन्द्र या प्रकाशमानलाई तानेमा जित्न सक्छन्। देउवाको मतमा प्रकाशमानको ३४७ जोड्ने हो भने २६०५ हुन आउँछ।

अर्कातिर २७३ मत ल्याएका विमलेन्द्रले साथ दिँदा पनि देउवाको पक्षमा २५ सय ३१ हुन आउँछ। तर यो अंकगणितीय हिसाब अनुसार महाधिवेशन प्रतिनिधि मत दिन तयार नहुन पनि सक्छन्।

इतर समूह फुट्दा पनि शेखरले पहिलो चरणमा देउवालाई रोक्न सकेकाले उनी उत्साहित देखिएका छन्।

देउवाप्रतिको असन्तुष्टिलाई तान्दै विमलेन्द्र र प्रकाशमानलाई मनाउन सके भने उनले देउवालाई दोस्रो चरणमा हराउन सक्छन्।