यसरी पुग्यो इटली युरोकप फुटबलको नकआउट चरणमा - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

यसरी पुग्यो इटली युरोकप फुटबलको नकआउट चरणमा



काठमाडौं- इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा पुगेको हो ।

नकआउटमा पुग्ने पहिलो टोली बन्ने क्रममा इटालीले स्वीजरल्यान्डलाई ३-० ले हराएको हो । इटालीको जीतमा मानुएल लोकाटेलीले २ गोल गर्दा सिरो इमोबिलले १ गोल गरेका थिए ।

खेलको २६औं मिनेटमा लोकाटेलीले गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० ले अगाडि राखे । दोस्रो हाफको ५२औं मिनेटमा लोकाटेलीले नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

८९औं मिनेटमा इमोबिलले गोल गरेपछि इटालीको ३-० को जीत सुनिश्चित भयो र नकआउटमा पुग्ने पहिलो टोली बन्यो ।

२ खेलबाट ६ अंक भएको इटाली शीर्षमा रहँदा वेल्स दोस्रो र स्वीजरल्यान्ड तेस्रोमा छन् ।