ईश्वर पोखरेलले गरे सुवास नेम्वाङको अपमान - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ईश्वर पोखरेलले गरे सुवास नेम्वाङको अपमान



काठमाडौं- नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले सुवासचन्द्र नेम्वाङले पार्टी चलाउन नसक्ने भन्दै अपमान गरेका छन् ।चितवनको सौराहामा जारी दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका नेम्वाङले यस्तो खुलासा गरेका हुन् ।

आफ्ना प्रतिनिधि शेरधन राईलाई अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाएका नेम्वाङले आफूले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने दाबी गरे । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको पनि दाबी छ । पोखरेलले आफूनिकट नेताहरूका अगाडि वकिलले पार्टी चलाउन नसक्ने बताएका थिए ।

‘वकिलले पार्टी चलाउँछ भन्दै ममाथि अपमान गरिएको छ,’ नेम्वाङको भनाइलाई राईले ओलीसमक्ष जस्ताको त्यस्तै राखेका थिए, ‘त्यसैले मैले वरिष्ठ उपाध्यक्षको दाबी छोड्न मिल्दैन ।’

उनले दुई दुईपटक संविधान सभाको नेतृत्व गरेको व्याक्तिमाथि पार्टी चलाउन नसक्ने अभिव्यक्ति नसुहाउँदो भएकोसमेत ओलीलाई सन्देश पुर्याएका थिए ।

नेम्वाङ वरिष्ठ अधिवक्तासमेत हुन् ।