इराकमा सरकारको बिरोधमा प्रदर्शन - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

इराकमा सरकारको बिरोधमा प्रदर्शन



एजेन्सी : इराकमा भएको देशव्यापी विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै २ सय व्यक्ति घाइते भएका छन्। आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा प्रदर्शन भएको हो।

विरोध प्रदर्शनका साथै जारी हिंसाको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा भत्र्सना गरेका छन्। सर्वसाधारणका ती मागको सही र वस्तुपरक रूपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले हुल्लडबाज समूहले उक्साएको सरकारको आरोप छ। घाइते भएका २ सय व्यक्तिहरूमा ४० जना सुरक्षाकर्मी पनि छन्। ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैं उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ। हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं।

सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरून् भन्ने चाहन्छौं’, प्रदर्शनकारीले भने। घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेको अझै अस्पतालमा उपचार भइरहेको छ। मंगलवार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरूले बगदादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत्, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अ श्रुग्याँस, पानीको फोहोरा र गोली चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो। प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै र मुख्य चोकका सडक अवरुद्ध गरेका थिए।