आईपीएलमा आज सुपर म्याच : कोहली भर्सेस धोनी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

आईपीएलमा आज सुपर म्याच : कोहली भर्सेस धोनी



इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार साँझ महेन्द्रसिंह धोनी र विराट कोहली आमने सामने हुँदैछन्।

धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स शीर्षस्थानमा रहँदा विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर तालिकाको अन्तिममा छ।

उद्घाटन खेलमा चेन्नईसँग लजास्पद हार व्यहोरेको बैंग्लोरलाई आइतबार बदला लिने मौका छ। अघिल्लो चरण संभावना गणितीयरुपमा मात्रै भएका बेला बिराटको टिमलाई प्रतिस्ठाको विषय बढि बनेको छ।

टस हारेको बैंग्लोरले ब्याटिङको निम्तो पाएको छ। समान खेलमा चेन्नईको १४ र बैंग्लोरको मात्रै ४ अंक छ। यो खेल हारे विराटको टिम अघिल्लो चरण नजाने टुंगो आजै लाग्नेछ। यदि यो खेल जितेमा अरु तीन टोलीको अर्को चरणको नतिजा पर्खिनु पर्नेछ।

भारतीय क्रिकेटका दुवै बादशाह भएकोले यो खेललाई सुपर म्याचको तरिकाले हेरिएको छ ।