आइपिएल: मुम्बईसँग १०२ रनले कलकत्ता हार्यो - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

आइपिएल: मुम्बईसँग १०२ रनले कलकत्ता हार्यो



इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले पराजित गरेको छ ।

कोलकाता, वैशाख २७ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले पराजित गरेको छ ।

२११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो । मुम्बईको यो जित कोलकातामाथि लगातार आठौं र सबैभन्दा ठुलो अन्तरको जित हो । यो जितसँगै मुम्बई इण्डियन्स आईपिएल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । मुम्बईका लागि प्लेयर अफ दि म्याच इशान किशनले २१ बलमा ६२ रन जोडे ।

बलिङतर्फ कोलकाताका पियुष चावलाले ३ विकेट झारे ।

जवाफमा २११ रनको लक्ष्य पछ्याएको कोलकाता १९ औं ओभरमा १०८ रनमै समेटियो । यो जितसँगै मुम्बई ११ खेलमा १० अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । कोलकाताको पनि समान १० अंक भए पनि रन रेटका आधारमा पाँचौं स्थानमा झरेको छ ।

१६ अंक जोडेको हैदरावाद पहिलो स्थानमा रहँदा १४ अंकका साथ चेन्नाई दोस्रो तथा १२ अंक जोडेको पन्जाब तेस्रो स्थानमा छ ।

आईपिएल क्रिकेटमा आजराति दिल्ली डेयरडेभिल्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।