आगामी संस्करणको आइपीएलमा सन्दीप दिल्लीबाटै खेल्ने पक्का  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

आगामी संस्करणको आइपीएलमा सन्दीप दिल्लीबाटै खेल्ने पक्का 



काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन । गएको संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

अक्शनअगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट टिममा भित्र्याएको दिल्लीले कप्तान गौतम गम्भीर र अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई टिमबाट मुक्त गरेको छ । यस संस्करणका लागि दिल्लीमा थुप्रै खेलाडी परिवर्तन भएका छन् ।