आइपिएलमा कोहलीको टिमको खराब सुरुवात - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आइपिएलमा कोहलीको टिमको खराब सुरुवात



भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा खेलिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा खराब सुरुवात गरेको छ ।

आइतबार राति भएको आइपिएलको यो सिजनको पहिलो खेलमा बैंग्लोर कोलकाता नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा कोलकाताले बैंग्लोरले प्रस्तुत गरेको १७७ रनको लक्ष्य मात्रै १८ ओभर पाँच बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।

कोलकाताका लागि सुनिल नरिनले अर्धशतक बनाए । उनले मात्रै १९ बलमा चार चौका र पाँच छक्काको मद्दतमा ५० रन बनाए ।

यस्तै दिनेश कार्तिकले २९ बलमा चार चौकाको सहयोगमा नटआउट ३५ तथा नितिश रानाले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३४ रन बनाए । बैंग्लोरका क्रिस वोक्सले तीन, उमेश यादवले दुई तथा वासिङ्टन सुन्दरले एक विकेट लिए ।

 

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । उसका लागि एबी डी भिल्लियर्सले २३ बलमा एक चौका र पाँच छक्काको सहयोगमा ४४ तथा ब्रेण्डन म्याकुलमले २७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाए । यस्तै कप्तान कोहलीले ३३ बलमा ३१ रन बनाए पनि टिमलाई पहिलो खेलमै हारबाट जोगाउन सकेनन् ।

यसअघि आइतबार नै भएको खेलमा किंग्स इलाभेन पञ्जाबले दिल्ली डियरडेभिल्सलाई ६ विकेटले हराएको थियो ।