यस्तो आयो आइपीएलको खेल तालिका - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

यस्तो आयो आइपीएलको खेल तालिका



मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १३ औं संस्करणको आईपीएलको खेल तालिका आइतबार सार्वजनिक गरेको हो।

जसअनुसार मार्च २९ मा हुने उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स प्रतिस्पर्धा गर्दैछन्।

यस्तै, मे १७ मा हुने लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्नेछन्।

खेलको नकआउट चरणको तालिका भने सार्वजनिक गरिएको छैन।

प्रतियोगिताको फाइनल मे २४ मा हुनेछ।

यसअघि अघिल्लो संस्करणको आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जितेको थियो।