इन्टरनेसनल सिमेन्ट प्रालिको ब्रान्ड एम्बेसडर अभिनेता हमाल - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

इन्टरनेसनल सिमेन्ट प्रालिको ब्रान्ड एम्बेसडर अभिनेता हमाल



काठमाडौँ । इन्टरनेसनल सिमेन्ट प्रालिले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरूको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र अभिनेता हमालबिच शनिवार सो सम्बन्धी अनुबन्धपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनी सञ्चालक बिमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन् ।

अब इन्टरनेसनल सिमेन्टका उत्पादनहरूको प्रवर्द्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन् ।वीरगन्जस्थित इन्टरनेसनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवर्द्धनमा ठुलो सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।