दिल्लीमा सिए विद्यार्थीले गरे अन्तर्राष्ट्रिय आर्थिक सभा - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

दिल्लीमा सिए विद्यार्थीले गरे अन्तर्राष्ट्रिय आर्थिक सभा



इन्द्रकमल जैरु /नयाँ दिल्ली

भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले प्रत्येक वर्षझैँ यस अन्तर्राष्ट्रिय स्तरमा देश-विदेशका विविध आर्थिक गतिविधिलाई समेटेर अन्तर्राष्ट्रिय आर्थिक सभा-२०१८  सम्पन्न  गरेको छ ।

भारतमा चाटर्ड एकान्टेन्टेन्सी अध्ययनरत विद्यार्थीहरूको विकासका लागि शैक्षिक, सांस्कृतिक, मनोरन्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको विद्यार्थी सङ्गठन हातेमालोले नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउन भन्दै र्वल्ड आर्गेनाइजेशन फर स्टुडेण्ट्स एण्ड यूथ्सको सहकार्यमा दिल्लीमा अध्ययनरत विद्यार्थीहरूका लागि इण्टरनेशन इकोनोमिक कनक्लेभ २०१८  को आयोजना गरेको हो ।

समारोहमा विभिन्न क्षेत्रमा क्रियाशील प्रतिष्ठित व्यक्तित्वहरूले आ-आफ्नो क्षेत्रको अनुभव साझा गरेका थिए भने भारत तर्फका वक्ताहरूले भारतमा भइरहेको आर्थिक गतिविधि र चार्टर्ड एकाउण्टेण्टहरुको भूमिकाका बारेमा प्रष्टाएका थिए । नेपाल सम्बद्ध वक्ताहरूले नेपालको आर्थिक विकासका लागि आफूहरूले भारतमा सिकेको अनुभव फलदायी हुनसक्ने बताएका थिए । हातेमालो नेपाली विद्यार्थी समूहकी अध्यक्ष आयुष्मा अर्यालले अध्यक्षता गरेको कार्यक्रममा भारतका लागि नेपाली राजदूतावासका आर्थिक मन्त्री कृष्णहरि पुष्कर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

समारोहमा सिए राज चवला, सिए नितिन गुप्ता, सिए नागेन्द्र साह, सिए गोपाल कृष्ण अग्रवाल, डाक्टर रश्मि दास लगायत विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो । सन् २००९  मा गठन भएको हातेमालो नेपाली विद्यार्थी समूहले बेला-बेलामा विद्यार्थीका लागि ज्ञानमुलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।